campus chief

Posted on byjalbirevc

जुगलको काख र सिङ्गो ब्रम्मायणी नदीको किनारामा सुन्दर शान्त र रमणीय वातावरणको विचमा यस सिङ्गो क्षेत्रकै उच्च शिक्षाको महत्वपूर्ण अभिभारा बोकी वि.स.२०६७ सालमा प्रबुद्ध व्यक्तिहरुको पहलमा स्थापना भएको यस जलबिरे भ्याली क्याम्पसले यहाँका कैयौँ उच्च शिक्षाबाट बञ्चित विद्यार्थीहरुको भविष्य बोकेर आफ्नो गन्तव्यको यात्रा तय गरिरहेको छ ।

सुरुको दिनमा आफ्नो भवनको अभावमा श्री आनन्द माध्यमिक विद्यालयको भवनमा क्याम्पस सञ्चालन हुँदै आएकामा हाल क्याम्पसको आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेको छ । यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षाशास्त्र संकायमा पठन पाठन हुँदै आएको छ ।

यस क्याम्पसको आर्थिक, भौतिक, शैक्षिक तथा विभिन्न समस्याहरुलाई सामना गदै आफ्नो गन्तव्यमा पुग्नको लागि विगतदेखि वर्तमान सम्मका क्याम्पस सञ्चालक समितिहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको तथा शैक्षिक तथा संस्थागत विकासका लागि क्याम्पसका उपप्राध्यापकहरुबाट विभिन्न उपसमितिहरु स्थापना गरी शैक्षिक क्रियाकलापहरु अगाडि बढिरहेको छ।